सिटिवानको दोस्रो तीजगीत प्रतियोगिता, विजेताले ५० हजार पुरस्कार पाउने

टाइटल स्पोन्सरमा राष्ट्रिय वाणिज्य बैंक

पाेखरा | भदौ २६, २०८०

सिटिवानको दोस्रो तीजगीत प्रतियोगिता,  विजेताले ५० हजार पुरस्कार पाउने

पोखरा:   सिटीवान टेलिभिजनले आयोजना गर्न लागेको दोस्रो खुल्ला तीजगीत प्रतियोगिता–२०८० को टाइटल स्पोन्सरमा राष्ट्रिय वाणिज्य बैंक रहने भएको छ ।

 
‘तीजको वेला सिटीवानको साँस्कृतीक मेला’ भन्ने मूल नारासहित सिटिवान टेलिभिजनले आयोजना गर्न लागेको दोश्रो खुल्ला तीज गीत प्रतियोगिता–२०८० को लागी बैँकले प्रायोजन गरेको हो ।

 

यहि भाद्र ३० र ३१ पोखरा उद्योग वाणिज्य संघमा आयोजना हुने प्रतियोगितामा साँस्कृतिक महत्व, कला, महिला हिसां, पर्यटन प्रर्बदन, सामाजिक क्षेत्र,सरसफाइ, बैदेशिक रोजगार, उधमशिलता, तथा लागु पदार्थ दुब्र्यसनी, विपद व्यवस्थापनसँग सम्बन्धित गीतहरु गाउन पाइने टेलिभीजनकी प्रबन्ध निर्देशक अनिशा श्रेष्ठले बताइन । 
 

प्रतियोगितामा पहिलो दोस्रो तेस्रो हुने समुहलाई क्रमश ५० हजार र प्रमाणपत्र, ३० हजार २० हजार  सान्त्वनालाई नगद १० हजार र प्रमाणपत्र दिइने श्रेष्ठले बताइन् । प्रतियोगितामा उत्कृष्ट भेषभूषा र उत्कृष्ट नृत्यलाई नगद रु ५ हजार र प्रमाणपत्र रहेको छ ।

 

पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी खड्कराज पौडेल (गनेस) ले पाएका छन् ।   राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा संसदीय दलका नेता बालेन्द्र शाह बालेनको नेतृत्वमा बन्ने सरकारमा गनेस पौडेल...

थप पढ्नुहोस्

काठमाडौंः  राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम प्रतिनिधिसभा सदस्य बालेन्द्र शाहलाई प्रधानमन्त्री नियुक्त गर्नुभएको छ ।    उक्त कुरा राष्ट्रपतिको कार्यालय...

थप पढ्नुहोस्

प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका मागहरू नयाँ सरकारले पूरा गर्नुपर्ने बताएकी छन् ।   ६ महिने अवधि पाएको आफू नेतृत्वको सरकारले निर्वाचन सफलतापूर्वक पूरा गरेको बताउँदै उनले माग सम्बोधनका ल...

थप पढ्नुहोस्